संघदेखि वडासम्मै ‘कांग्रेस मेला’ आयोजना हुने

काठमाडाैं, २३ वैशाखप्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशैभर कांग्रेस मेला आयोजना गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार सम्पन्न बैठकले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘कांग्रेस मेला’ को आयोजना गर्ने निर्यण गरेकाे हाे ।

कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको सभापतित्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललिपुरमा सम्पन्न बैठकले १२ बुँदे निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले ‘राष्ट्रिय जागरण’ कार्यक्रम सफल पार्न कार्यक्रमहरु समन्वयात्मक रुपमा संचालन गर्ने, कांग्रेसका सांसदहरुका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाण्डौंमा आयोजना गर्ने निर्याण गरेको छ । साथै, समसामयिक राष्ट्रिय विषयहरुका सम्बन्धमा विचार–गोष्ठी/छलफल, वहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै, नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहिदहरुको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीहरुका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समुहका लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्नेलगायतको निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार