काठमाडौं, २३ वैसाख— आगामी वैशाख २६ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विवाह गर्ने भएका छन् । प्रचण्ड र सीता दाहालको ५० औं वर्षगाँठका अवसरमा दोस्रो पटक विवाह हुन लागेको हो ।
२०२६ साल वैशाख २६ गते पहिलो पटक सिता दाहालसँग विवाह गरेका प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएको छ ।
पुनः विवाहले प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्न सक्ने भन्दै यस्तो चाँजोपाजो मिलाइएको स्रोतको भनाई छ ।