आजदेखि कांग्रेसको एक महिने जागरण अभियान ७७ जिल्लामा एकसाथ उद्घाटन हुँदै

काठमाडौं, २५ वैशाख — प्रमुख पतिपक्ष दल रहेकाे नेपाली कांग्रेसले सरकारले गरेको हरेक गलत कृयाकलाप बारे जानकारी दिन ७७ वटै जिल्लामा एकै समयमा आज उद्घाट्न भई सुरु हुनेछ भने याे अभियान जेठ २५ गतेसम्म संचालन हुने छ । मतदातालाई सचेत बनाउन आज बुधबार देखि जागरण अभियान संचालन गर्दैछ ।

नेपाली कांग्रेसको इतिहासमा यो जागरण अभियानमा तीनजना नेतालाई मात्रै आसनग्रहण गराइने छ भने माला र व्याच पनि निषेधित गरिएको छ । यो अभियानलाई आसन र भाषण मुक्त बनाइने बताएको कांग्रेसको सभामा तीनजनाले मात्र सम्बोधन गर्ने भएका छन् । दीर्घजिवी रुख रोपेर जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको पनि कांग्रेसले जनाएको छ ।

विभिन्न १२ भाषाका जागरण गीत समेत प्रस्तुत गरिने भएको छ । समावेशी दलका रुपमा आफूलाई चिनाउन नेपाली कांग्रेसले मैथली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारु, राजवंशी, देउडा लगायत नेपाली भाषामा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

पहिलो चरणको कार्यक्रम जेठ २५ मा सम्पन्न भएपछि दोस्रो चरणको भदौ २४ बाट असोज २४ सम्म संचालन हुने बताइएको छ । यस पटक कांग्रेसले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सकृय आफ्ना नेता कार्यकर्तालाई जिल्ला जिल्लामा खोजी गर्ने कार्यक्रम पनि बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार