काठमाडौं, ५ जेठ – झापाको काकडभिट्टाबाट काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । आइतबार बिहान ना ४ प ४६८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट करिब ५० मिटर तल नदीमा खसेको छ ।
मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, इलाम कन्यामका २० वर्षीय विशाल गिरी, थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुभयो ।
दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पताल तथा काठमाडौँको ट्रमा सेन्टर, मेडिसिट अस्पतालमा उपचार भइरहेको छ ।
ना७ख ४३८७ नं को बस सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।