मणिरत्नमको नयाँ फिल्ममा ऐश्वर्या नेगेटिभ रोलमा

विश्व सुन्दरी तथा बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको फिल्ममा काम गर्न मञ्जुरी दिएकी छिन् । मणिरत्नमको नयाँ फिल्म नोवेल पोनीयिन सेलवानको स्क्रिप्ट पढेपछि ऐश्वर्याले उक्त फिल्ममा अभिनय गर्ने निर्णय गरेकी हुन् । यो फिल्ममा ऐश्वर्याले नेगेटिव रोल गर्नेछिन् ।

यो फिल्ममा ऐश्वर्या पेरिया पेहुवत्तरराइयारको पत्नी नन्दिनीको भूमिका देखिने छिन् । ऐश्वर्याको भूमिका सत्ताको आकांक्षा राख्ने र चोला एम्पायरको विनासको तयारी गर्ने महिलाको रूपमा रहेको छ । पेरिया पेहुवत्तरराइयार ऐतिहासिक चोला राज्यमा चान्सलर थिए ।

मणिरत्नमको उक्त फिल्ममा अफर पाएपछि ऐश्वर्याले अभिनय गर्ने चर्चा त चल्यो तर नेगेटिभ रोलको बारेमा भने कुनै खुलासा भएको थिएन । स्क्रिप्ट पढेपछि ऐश्वर्या स्वयम्ले आफू नेगेटिभ भूमिकामा काम गर्ने चाहना प्रकट गरेकी थिइन् ।

योभन्दा पहिले पनि ऐश्वर्याले बलिउड फिल्ममा नेगेटिभ रोलमा अभिनय गरिसकेकी छिन् । उनले सन् २००५ मा खाकी र २००६ मा धुम–२ मा नेगेटिभ रोल निभाइसकेकी छिन् । त्यसबेलाका सुपर हिट सावित भएका यी फिल्ममा ऐश्वर्याको नेगेटिभ रोलको निकै प्रसंशा गरिएको थियो ।

मणिरत्नमको पछिल्लो यस फिल्ममा बलिउडका महानायक अमिताभ बच्चनले पनि अभिनय गर्ने चर्चा चलेको छ । यो भन्दा अघि अमिताभले ‘सरकार राज’ र ‘वन्टी और बब्ली’मा बुहारी ऐश्वर्या रायसँग काम गरिसकेका छन् । ती दुवै फिल्म सुपरहिट भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार