ग्वार्कोको आकाशे पुलबाट हामफालेर पूर्व गोरखा सैनिकद्वारा आत्महत्या

काठमाडौं,  ९ जेठ – बिहीबार बिहान ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर एक वृद्वले आत्महत्या गरेका छन् । ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को कीर्तिमान राईले आत्महत्या गरेका हुन् ।

राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

पूर्व ब्रिटिस आर्मी समेत रहेका राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।मानसिक रोगी रहेका राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । राईका छोराछोरी भने बेलायतमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार