उपत्यकामा विप्लवको बम आतंक अहिलेसम्म ४ को मृत्यु ८ घाइते

काठमाडौं, १३  जेष्ठ — राजधानीको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट हुँदा आइतवार बेलुकासम्म ४ जनाको मृत्यु भएको छ । घटनामा ८  जना घाइते भएका छन् । सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । दुबै घटनामा सरकारद्धारा प्रतिबन्धित पार्टी नेकपा विप्लव समूहको संलग्नता भेटिएको प्रहरीले जनाएको छ ।

सुकेधारा विस्फोटमा घाइते भई ओम अस्पतालमा उपचाररतमध्ये सुरेन्द्र महर्जनल आफु विप्लव नेतृत्वको नेवाः मुक्ति मोर्चाका अध्यक्ष भएको प्रहरीलाई वयान दिएका छन् । साथै उनले बम बनाउने क्रममा विस्फोट भएको बताएका छन् ।

महर्जनले प्रहरीलाई दिएको जानकारी अनुसार सुकेधारामा उनीसहित हरि खड्का, शिव र लडाकू महावीर थिए ।

घट्टेकाुलोमा भएको विष्फोटमा विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।

कोटेश्वरवाट सात पक्राउ

प्रहरीले आइतवार कोटेश्वर नरेफाँटबाट ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । —राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार