बिहान सबा ४ मा पड्किनु पर्ने अगिल्लो दिनको बेलुका सबा ४ मा पड्कियो

काठमाडाैं, १३ जेठ – सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो ।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको  बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार