इपिएसबाट कोरिया पुगेका मधुसुदनको कोरियामा मृत्यु

काठमाडौँ — अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नं १ घर भएका मधु सुधन श्रेष्ठ कोरियामा मृत अवश्थामा फेला परेका छन्। बिगत ७ वर्ष देखि कोरियामा श्रम गरिरहेका अन्दाजी २७ वर्षीय श्रेष्ठ हाल छेङ्जु स्थित पुरानो कपडा सुरेगीको काम गर्ने कम्पनीमा कार्यरत थिए।

बिहान ड्युटी जाने क्रममा श्रेष्ठ नउठे पछि साथीहरु पुग्दा उनलाई आफ्नै किचन कोठा मै मृत अवश्थामा भेटेका थिए। उनको मृत शरिर खाना सँगैको प्लेट नजिक रहेको साथीहरुले बताएका छन्।

कम्पनीमा उनीहरु किचन सहितको छुट्टा- छुट्टै कोठामा बस्ने जानकारी आएको अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष शुन्दर पन्थीले बताए सँगै थप जानकारी र आवश्यक सहयोगको लागि आफुँ लागि पर्ने बताउँनु भयो।

घटना कसरी भयो ? भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको कोरिया स्थित नेपाली राजदुतावासका श्रम सहचारी दिल्लीराम वास्तोलाले बताउँनुभयो।

इपिएस अन्तर्गत सिबिटी परीक्षा दिएर कोरिया आएका श्रेष्ठका घरमा श्रीमती र एक छोरी रहेका छन्।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार