गणतन्त्रको अबसरमा राष्ट्रपतिद्धारा ४३४ कैदीको कैद मिनाहा

काठमाडौं, १५ जेष्ठ – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर ४३४ कैदीको भुक्तान हुन बाँकी कैद मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले असल चालचलन भई कैदको सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएका ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयलका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएका ४३४ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’

संविधानको धारा २७६ मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछ ।’- राजधानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार