बालकको अपहरणपछि हत्या गरेर भाग्न खोज्दा गोली प्रहार- पर्सा प्रहरी प्रमुख

वीरगञ्ज, १५ जेठ – गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज प्रगती नगरका एक बालकको हत्या भयो। स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो ।


गत शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका बालकको हत्या भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।  ८ वर्षीय बालकको अपहरणपछि हत्या गरेर भाग्न लाग्दा गोली प्रहारगरि अपराधीहरु नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एबं एसपी रेवती ढकालले जानकारी दिए ।

प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् । प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले बच्चाको हत्यागरे अनि बार्गेनिंग गरेका थिए ।  तर अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।  आजै पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी भइरहेको एसपी ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार