Cricket World Cup 2019 मा सुबिसुको Clear TV तथा Internet मा अफर

काठमाडौं – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले Cricket World Cup को अबसर पारी Clear TV तथा Internet सेवाको नयाँ मूल्य निर्धारण गरेकोछ ।

विश्वको लोकप्रिय खेल Cricket World Cup 2019 लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरुमाझ अफर प्रस्तुत गरेको हो ।

नेपाली दर्शकले अब मात्र रु. २५८ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एच.डि च्यानलहरु हेर्न पाउनु हुनेछ । साथै Clear TV (२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र 25 Mbps इन्टरनेट सेवा मात्र रु. १२१६ प्रति महिनामा प्राप्त गर्न सक्नुहुने छ । यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नुपर्नेछ भने कम्पनीको केही सर्त तथा नियमहरु लागू हुनेछन् ।

Clear TV, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो Digital Cable Television सेवाहो जसले MPEG4 Standard Definition र High Definition channels केबल मार्फत, Conditional Access System(CAS) को प्रयोग गरि Set Top Box को माध्यमबाट प्रसारण गर्दछ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs),  व्यानएथर्नेट(WAN Ethernet),  होलसेल आइ.पिट्रान्जिट(Wholesale IP Transit),  एम.भि.पि (MVP), डाटा सेन्टर सोलुसन (Data Center Solution) जस्ता मनोरञ्जनात्मक सेवातथाबिजनेस सोलुसन नेपालमाप्रदानगर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार