१४ जनालाई कुट्दा ५ जना घाईते गराउने शिक्षिका पक्राऊ

काठमाडौं, २१ जेठ — स्कुलमा ढिलो आएको भन्दै निर्मतापूर्वक विद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेकी थिइन् । शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको थियो ।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियनत्रणमा लिएको हो । उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा कारबाही पक्रिया अघि बढाइने प्रहरीले बताएको छ ।

शिक्षिकालाई इलाका प्रहरी कार्यालय होलेरीमा राखिएको छ । शिक्षिका प्रक्राउ परेसंगै पीडित बालबालिकाका अभिभावकलाई पनि तत्काल ईप्रकामा बोलाएको होलेरी प्रहरीले निवेदन लेख्न भनेपनि आफूहरुले लेख्न नजानेको एक अभिभावकले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार