ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु, १४ घाइते

बर्दिया, २६ जेठ  – जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।

गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र नौ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ । नीलम र सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार