काठमाडौं, २७ जेठ – जहाँ नेपाली त्यहाँ सिटी एक्सप्रेस भन्ने नारालाई आत्मासाथ गर्दै यस सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, संखुवासभा, हटिया—०३ निवासी २६ वर्षिय जेन्जेन लामाले गत जेठ ०२, २०७६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।
सिटी एक्सप्रेसको मुख्य कार्यालय कमलादिमा एक समारोहका बिच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेन्जेन लामालाई बधाई अनि आगामी दिनहरुका लागी शुभकामना दिनु भएको छ ।