सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको मृत्यु

दार्चुला, २९ जेठ – सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक हिक्मत बोहराका अनुसार जिल्लाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर चार बालबालिकाको ज्यान गएको हो ।

मंगलबार दिउँसो ४ बजे तिर विद्यालयको चौरमा खेली रहेको अवस्थामा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ७ वर्षीया निरुता ठगुन्ना, सोही ठाउँका १० वर्षीया अनुष्का धामी, ५ वर्षीया युनिका ठगुन्ना र ८ वर्षीय सुदिश धामी रहेका छन्। उनीहरू सौचालयको टंकीमा खस्दा घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

घट्ना बारे थप अनुसन्धानका लागी प्रहरी चौकी सिप्टी र ईलाका प्रहरी चौकी गोकुलेश्वरबाट प्रहरीको टोली घट्ना स्थल पुगी अनुसन्धान गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार