काठमाडौं, २८ जेठ – विगत लामो समय देखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत रामश्रय यादवलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी स्थाई घर भई हाल धोबिघाट बस्दै आएका यादवले पटक पटक गरेको बलात्कारको पीडा सहन नसकी प्रहरीमा उजुरी दिएकी थिइन् ।
घटनाको विवरण थाहा पाएपछि परिवार भित्रै लुकाउने प्रयास गर्दा पीडितले नमानेपछि पीडित आफै गएर जेठ १९ गते महानगरीय प्रहरी परीसर ललितपुरमा उजुरी हालेकी थिइन् । पीडितको उजुरीको आधारमा प्रहरीले यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।