स्राेत नखुलेकाे अवैध नेपाली नाेटसहित एक भारतीय पक्राउ

बारा, ३० जेठ – सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल भारत सिमाक्षेत्रबाट मोटरसाइकलमा भारत तर्फ जादै गरेको अवस्थामा एक भारतीय नागरिकलाई प्रहरीले  पक्राउ गरेकाे छ । पक्राउ परेका भारतीयको साथबाट स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक वृजकिशोर कुमार रहेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको संयुक्त टोलीले  वृजकिशोर कुमारलाई सो रकम सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टोलीले बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनी र दुबै खुट्टाको घुँडा मुनी पिडौला, कम्मर र जिन्स पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्कीमा रकम लुकाएर जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी कुमारलाई सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार