सेप्टिक ट्यांकमा निसासिएर ४ जनाको मृत्यु

काठमाडौं, १५असार –  सुनवर्षी नगरपालिका ९ डायनियास्थित एक मस्जिद परिसरमा निर्माणाधीन शौचालयको सेप्टिक ट्यांकमा निसासिएर शनिबार ४ जनाको मृत्यु भएको छ । स्थानीय २० वर्षीय फिरोज आलम, २५ वर्षीय सहनवाज, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय मोहम्मद ओसिब आलमको मृत्यु भएको हो ।

उनीहरुसँगै अचेत भएका स्थानीय ४० वर्षीय दाउद मियाँ उपचारपछि घर फर्केको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए। उनीहरु पाँचै जना निर्माणाधिनसेप्टिक ट्यांकको सेटरिङ्ग खोल्ने क्रममा निसासिएर अचेत भएको श्रेष्ठले बताए।

उनीहरुसेप्टिक ट्यांकमा अचेत भएको खबर पाएपछि स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी रंगेली अस्पतालमा उपचारका लागि ल्याएका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा ४ जनाको मृत्यु भएको र दाउद बाँच्न सफल भएको श्रेष्ठले बताए। – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार