हिम इलेक्ट्रोनिक्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच साझेदारी, विदेशमै बसेर नेपालमा टिभी किन्न सकिने

काठमाडौं, १५ असार – नेपालका लागि सामसङका उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग साझेदारी गरेको छ।

समझदारीपत्रमा हिम इलेक्ट्रोनिक्सका प्रभाकर शम्शेर थापा र सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे । सम्झौंता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेसको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनहरुले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् ।

हिम इलेक्ट्रोनिक्सले प्रवासीहरुलाई विदेशी टिभी छोडेर स्वदेशमै टिभी किन्न प्रोत्साहित गर्न यस्तो इनिशिएसन गरेको जनाएको छ ।‘यो समझदारीबाट विभिन्न फाइदा हुनेछ। विदेशबाट टिभी ल्याउँदा टुटफूट हुने र वारेन्टी समेत पाइदैन’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार मध्यपूर्व देशहरुमा बस्ने नेपालीले सिटी एक्सप्रेसको काउन्टरमा गएर आफ्नो इच्छा अनुसारको टिभी छनौट गर्ने, काउन्टरमा उपलब्ध फारममा आवश्यक विवरण भर्ने, आफैले छनौट गरे बराबर मूल्य र बिना कुनै अतिरिक्त शुल्क दिइएको खातामा रकम जम्मा गर्ने तथा प्राप्त भएको यूनिक कोड र विक्रेताको विवरण नेपालमा रहेका परिवार र आफन्तलाई पठाउन सक्नेछन्। कम्पनीले यूनिक कोड र परिचय पत्र देखाएर आफन्त वा परिवारले नजिकैको हिम इलोक्ट्रोनिक्सबाट टिभी किन्न सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार