कता जांदैछ हाम्रो समाज ! आफन्तबाटै चार वर्षमा ६८४ मारिए

काठमाडौं, १८ असार –  आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।  नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो ।

जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन् ।तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमान्बाट २७५ जना श्रीमतीको हत्या भएको छ । यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् ।

यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ ।

यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षम चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ ।

यस्तै, विगत चार वर्षमा मामाबाट चार जना भान्जाभान्जीको, भान्जाले तीन जना मामाको, काकाकाकीले ६ जना भतिजाभतिजीको, दाजुले २५ जना भाइबहिनीको, भाइबाट पाँच जना दाजु, दिदी र बहिनीको तथा बहिनीबाट एक जना दाजुको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले कुनै एउटा कारण नभई विभिन्न कारणले आफन्तबाटै आफन्तको हत्या हुने गरेको पाइएको बताए ।

आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि सो व्यक्तिमार्फत घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको अनुसन्धानले देखाउँछ

उनका अनुसार आफन्तमा हुने गरेका आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि ती व्यक्तिमार्फत सो घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसैगरी, धेरै सम्पर्कमा नरहने गरेका परिवारका चिनजानका आफन्तको समेत सामान्य मनमुटावमा हत्या हुने गरेको पाइएको उनले जानकारी दिएका हुन् ।

कुन वर्ष कतिको हत्या ?
२०७२/७३ १५७ जना
२०७३/७४ १७७ जना
२०७४/७५ २०६ जना
चालू आर्थिक वर्षको हालसम्म १४४ जना

‘आपसी मनमुटाव तथा बेमेल, सम्पत्तिका विषय तथा परिवारका एक सदस्यबाट भएको गलत क्रियाकलाप अर्को सदस्यले थाहा पाएपछि ती व्यक्तिमार्फत सो घटना बाहिर आउने भयका कारण प्रमाण नष्ट गर्नसमेत आफन्तबाट आफन्तकै हत्या हुने गरेको अनुसन्धानले देखाउँछ,’ एसपी थापाले राजधानीसँग भने । विगत चार वर्षको तथ्यांकलाई हेर्दा दिदीभिनाजुले भाइ, बहिनी तथा सालासालीको समेत गरी तीन जनाको हत्या गरेको पाइन्छ ।

यसैगरी भतिजले काकाकाकी र आफन्तको आठ जनाको, भतिजीले दुई जनाको, जेठाजु जेठानीले भाइबुहारीको सात जनाको, बुहारीले सासुससुरा, जेठानी जेठाजुको गरी नौ जनाको, देवरले भाउजू पाँच जनाको, भाउजूले भाइ तथा दिदी बहिनीको गरी दुई जनाको, छोरी ज्वाइँले ससुराको एक जनाको, हजुरबुवा हजुरआमाले नातिनातिनाको दुई जनाको तथा नन्दले एक जना भाउजूको यसबीचमा हत्या गरेको प्रहरीको तथ्यांक देखाउँछ ।

यसैगरी सालोले एक जना भिनाजुको, नातिनातिनाले हजुर बुवा सात जनाको, भिनाजुले सालासालीको दुई जनाको सासू ससुराले ज्वाइँ छोरी तथा बुहारी ६ जनाको, ज्वाइँले सासूससुरा तीन जनाको, सौताले सौताको एक जनाको तथा धर्मआमा बाबुले आफैंले पालेका दुई जना छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाएको छ ।

विगत चार वर्षलाई हेर्दा आर्थिक वर्ष २०७२/७३ मा १५७ जना, आर्थिक वर्ष २०७३/७४मा १७७ जना, २०७४/७५ मा २०६ जनाको तथा चालू आर्थिक वर्षको हालसम्म १४४ जना गरी विगत चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । राजधानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार