पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिकाले पाइन् नेपाली नागरिकताको प्रमाणपत्र

काठमाडाैं, १७ असार –  मंगलबार पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बंशजको आधारमा उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन्। पूर्णिकालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नागरिकताको प्रमाणपत्र दिएका थिए।

उनको जन्म २०५७ साल मंसिर २७ गते मंगलबार भएको थियो। उनले स्नातक तहको अध्ययन पूरा गरेकी छिन्। नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानी शाहसँगै जिल्ला प्रशासन कार्यलय पुगेकी थिइन्। छोरीको नागरिकता आमा हिमानीले सनखत गरिदिएकी छिन्। नागरिकता बनाउन उनकी बुवा पारस शाह भने गएका थिएनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार