त्रिशूली नदीमा ट्रक खस्दा दुईकाे मृत्यु, एक घाइते

चितवन, २० असार –  त्रिशूलीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा चालक बालकृष्ण यादव र गाडीधनी रवीकान्त यादव रहेका छन् ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइतेकाे परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार