काठमाडौं, २१ असार – शनिबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ। दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौं र त्यसको आसपासमा भूकम्पको धक्का आएको हो । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
यसको विस्तृत विवरण आउन बाँकी छ । विहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । भारी वर्षाकाबीच अपराह्न भूकम्प गएको हो । शनिबार दिउँसो आएको भूकम्प भक्तपुरलाई केन्द्र विन्दू बनाएर आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का २०७२ वैशाख १२ गतेकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
त्यस्तै, गृहमन्त्रालय अन्तर्गत्को राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले पनि भक्तपुरमा सवा ४ मा भूकम्पको धक्का गएको उल्लेख गरेको छ ।