ठूलो बाढी पहिरो आउन सक्ने भन्दै २८ गते अगावै सुरक्षित रहन अनुरोध

काठमाडौं, २२ असार   –  सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ अगावै थन्काइसक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्‌काउन अनुरोध गरेको हो ।

पूर्वानुमान महाशाखाले नदी र खोलामा जलस्तर बढदो क्रममा रहेको र एक सातापछि बहाव उच्च हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून छ।

डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा आइतबार बिहानदेखि बहाव उच्च हुने अनुमान छ। केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहनसमेत महाशाखाले अनुरोध गरेको छ।- कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार