काठमाडाैं, २२ असार – भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सरकारले राेकेपछि नरोक्न माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले आइतबार प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गमा विद्यार्थीहरुले तरकारीसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रवाद कता हरायो, विषादीयुक्त तरकारी नल्याउ, तरकारीमार्फत् जनतालाई विष खुवाउने कार्य बन्द गर जस्ता नारा लेखेका प्लेकार्ड बोकेका थिए ।
सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने व्यववस्था गरे पनि केही दिनमै उक्त निर्णयबाट सरकार पछि हटेको थियो । त्यसैको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।