सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, तीन घाइते

सिन्धुली, २४ असार –  रातो माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा माटोको ढिस्कोले पुरिएर सिन्धुलीमा एक युवतीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–६ आमपानी खोल्सीमा सुनकोसी गाउँपालिका–६ माख्लोटोलका २४ वर्षीया शर्मीला रम्तेलको  मृत्यु भएकाे हाे ।घाइते हुनेमा स्थानीय ३५ वर्षीया विमला रम्तेल, १८ वर्षीय बलराम रम्तेल र ५० वर्षीया सुकमाया रम्तेल रहेकको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

घाइतेमध्ये विमला रम्तेलको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई स्थानीयले उद्धार गरेर सुनकोसी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा पुर्याइएको थियो ।

मृतक रम्तेल लगाएत त्यस क्षेत्रका स्थानिय दलित परिवारका सदस्यहरुले जीवीका चलाउनका लागी बेशीको रातो माटोलाई लेकमा लगेर आलु लगायतका तरकारी र अन्नपातसँग साट्ने गरेको स्थानियले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार