पाल्पा प्रभासको बच्चा चोरी प्रकरणः बिरामीको वहानामा बच्चा चोरेको खुलासा

तानसेन, २८ असार – शुक्रबार दिउँसो लुम्बिनी मेडिकल कलेज प्रभासबाट आएकी महिलाको उद्देश्य बच्चा चोर्ने रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान ९ बजे स्याङ्जा जिल्लाको मिर्मीबाट पक्राउ परेकी गल्याङ नगरपालिकाकी ३६ वर्षीय बिमला पाण्डेको बिरामीकाे नाममा अस्पताल आएर बच्चा चोर्ने मनसाय रहेको अनुसन्धानबाट खुलेको हो ।

पहिलो श्रीमानबाट अगल भएर दोस्रो विवाह गरेकी उनी यसअघि नै परिवार नियोजन गरेकोले आफुबाट बच्चा नहुने भएपछि चोरी गरेको खुलाएकी छन् । श्रीमान विदेशमा रहेकी उनका पहिलो श्रीमानबाट दुईबटा बच्चा भएपछि परिवार नियोजन गरि दोस्रो विवाह गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाले नेपालतारालाई दिएको जानकारीका अनुसार श्रीमानले बच्चा चाहिने भनेपछि उनी बच्चाको खोजीमा रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको वहानाले आएर बसेकी थिइन् ।

सामान्य रुपमा स्वस्थ उनी अस्पतालमा केही दिनदेखि घुमिरहेको र तानसेन ९ मदनपाखराकी जमुना रानाको बच्चा चोरेर स्याङ्जा तर्फ लागेकी थिइन् ।

डिएसपी सापकोटाका अनुसार अस्पतालको सिसिटिभी फुटेजले काम नगरेपनि भर्ना भएका विरामीमध्ये को कहाँ छ भन्दै खोज्ने क्रममा उनीमाथि शंका लागेर खोजी कार्य जारी राखेको र गल्याङ प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार