अविरल वर्षाका कारण बाढीपहिरो र डुबानले ३६ जनाको ज्यान गयो, २४ जना बेपत्ता [अपडेट]

काठमाडौँ, २९ असार — अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १/१ जनाको ज्यान गएको छ ।

सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १/१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ । मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन् ।

महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी ९ सय ७९ जनालाई बाढीपहिरोबाट सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार