अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ४ महिला ६ पुरुष पक्राउ

काठमाडौं, ७ श्रावण –  नवलपरासीको बर्दघाटबाट प्रहरीले होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको छ ।बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।

होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोईराला सहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार