दैलेखमा बस दुर्घटना, १ को मृत्यु, ७ घाइते, चालक फरार

दैलेख आठबीस नगरपालिका–५ मा बिहानै भएको बस दुर्घटनामा एक जनाको ज्यान भएको छ भने ९ जना घाइते भएका छन्। आठबीस– ५ मालाचौरबाट बिहान साडे ६ बजे स्थानीय गर्भवती महिलालाई राकम अस्पताल लिएर हिडेको ना५ख ७२४२ नम्बरको बस दुर्घटना भएको हो।

महिलालाई अस्पताल छाडेर फर्किने क्रममा आठबीस– ४ को जिरोप्वाइन्टमा मोड्ने क्रममा ब्याक भएर भीरबाट ५० मिटर तल खसेको प्रहरी जवान कृष्ण सुनारले जानकारी दिए।

सुनारका अनुसार बसमा सवार ९ जना मध्ये ३२ वर्षे धिरज माझीको मृत्यु भएको हो। घाइतेमध्ये सात जनाको अवस्था सामान्य छ। घाइतेको स्थानीय मेडिकलमा सामान्य उपचार भइरहेको छ। प्रहरीकाअनुसार बसका चालक भने फरार छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार