गुल्मी, ७ साउन — सोमबार राति परेकाे अविरल वर्षा र त्यसले सत्यवती गाउँपालिकाको वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ को लिम्घामा १२ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा वडानम्बर ४ मा पर्ने लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ भने वडानम्बर ३ को ठूलो लुम्पेकमा ४ जनाको मृत्यु भएको छ । २ जना अझैं बेपत्ता भएका छन् ।
वर्षासँगै आएको पहिरोका कारण लिम्घामा ६३ घर जोखिममा रहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । अहिले उद्दारको कार्य चलिरहेको र जोखिममा रहेकाहरुलाई स्थानिय विद्यालयमा राखिएको उनको भनाई थियो । साथै उनले राहतको काम अगाडी बढाउने प्रकृया सुरु गरिएको तर सडकहरु पूर्ण रुपमा बन्द रहेका कारण केही असहजता आएको बताए । अहिले घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको छ ।
यसैबीच कांग्रेसले गुल्मीको सत्यवति गाउँपालिकाका २ वटा वडामा गएको पहिरोमा पुरिएर करीब एक दर्जन व्यक्तिको अकालमै मृत्यु भएको तथा केही वेपत्ता र घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । अकालमै निधन हुनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्देऽ यस विपदमा परी घाइते हुनु भएकाहरुलाई तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।
कांग्रेस सचिवालयले यस घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिबार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्रदान भन्ने प्राथना गर्दछौं उल्लेख गरेकाे छ ।