बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठद्वारा आठौं तलाबाट हाम फालेर आत्महत्या

काठमाडौं, १२ साउन –  ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

उनको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार श्रेष्ठ किनमेल गर्न भनी गएका थिए। सोही क्रममा उनी सेन्टरबाट हाम्फालेको सुवेदीले बताए।

मालपोत कार्यालय डिल्लीबजारमा रहँदा उनले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो। श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो। उनले किन आत्महत्या गरे भन्ने अनुसन्धान भइरहेको एसएसपी उत्तमराज  सुवेदीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार