काठमाडौं, १४ श्रावण – नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि ‘ग्लाइकोमेट’ धमाधम बिक्री भइरहेको छ । यूएसभी लिमिटेड इन्डियाले उत्पादन गरेको सो औषधि प्याकेटमै फुट्ने समस्यासमेत देखिएको छ ।
यो औषधिको जेनेरिक नाम मेटफरमिन हाइड्रोक्लोराइड हो । यो औषधि मधुमेहका लागि प्रयोग हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सो औषधिको विषयमा आफूहरुले अध्ययन गरिरहेको बताए । ‘अध्ययनका क्रममा त्रुटि देखिए फिर्ता गर्न निर्देशन दिन्छौं,’ उनले भने । – राजधानी दैनिक