नेपाल वायुसेवा निगमको वाइडबडीमार्फत सुमेघले काठमाडौं-नारिता (जापान)मा चार्टर उडान गर्दै

काठमाडौं, १६ साउन — नेपाल वायुसेवा निगमले जापानको नारितामा चार्टर्ड उडानको अनुमति पाएको छ । सुमेघ टुर्स एण्ड ट्राभलले नेपाल वायुसेवा निगमको वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौंका लागि दुईवटा चार्टर उडान गर्ने भएको छ।

नेपाल वायु सेवा निगमले जापान उडानका लागि टाेक्याेकाे नारिता विमानस्थल प्राथमिकतामा राखे पनि उडान स्लट नपाएका कारण नारिताकाे सट्टा ओसाकामा नियमित उडानकाे तयारी गरिरहेकाे छ। तर सुमेघ टुर्स एण्ड ट्राभलकाे पहलपछि निगमको विमानबाट काठमाडौं-नारिता-काठमाडौंमा सेटेम्बर २६ तारिखमा पहिलो चार्टर उडान र अक्टोबर दुई तारिखमा  दोस्रो चार्टर उडान हुन लागेको हाे। दुवै चार्टर उडानमा दुई दिनको समयावधि रहेको निगमले जानकारी दिएकाे छ।

ओशाका जापानमा कम नेपाली बस्ने क्षेत्र हो । नारितामा भने निगमले धेरै यात्रु पाउने अपेक्षा छ । किनकी नारिता विमानस्थल जापानको राजधानी प्रवेश गर्ने मूख्य हवाई द्धार हो ।

चार्टर उडानका लागि निगमले सुमेघ टुर्स एण्ड ट्राभलसँग सम्झौता समेत गरेको विहिवार जानकारी दिएकाे छ। निगमले जापानमा बस्दै आएका गैरआवसिय नेपाली र जापानी नागरिकको मागलाई मध्यनजर गर्दै चार्टर उडान गर्न लागेकाे निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।

जापानमा रहेका व्यवसायीहरुको माग अनुसार चार्टर उडान गर्न लागिएको सुमेघ टुर्स एण्ड ट्राभलका स‌‌चालक मेघ के‍ सीले जानकारी दिए । केसीका अनुसार वाइडबडी ३३०-३०० जहाजमार्फत काठमाडौं-नारिता-काठमाडौं चार्टर उडान समय १४ घण्टा ३० मिनेटको रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार