सर्वदलीय बैठकमा सहमति नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, १७ साउन – संसदमा रहेको गतिरोध हटाउन दलहरु असफल भएपछि बिहीबारको प्रतिनिधिसभा बैठक सूचना टाँसेर साउन २० गतेसम्मका लागि स्थगित भएको छ। सभामुख कृष्णबहादुर महराको आह्वानमा बानेश्वरमा बसेको सर्वदलीय बैठकमा दलहरु आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो।

दलहरुबीच सहमति जुटाउन सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलहरु सकारात्मक देखिए पनि सहमति नभएपछि बिहीबार दिउँसो २ बजे बोलाइएको संसद बैठक स्थगित भएको हो। सत्तारुढ दल नेकपाले सर्लाहीका दुई गोलीकाण्डका घटनामा संसदीय समिति गठन गर्न अस्वीकार गरेको छ। राज्य व्यवस्था समितिले छानबिन गरिरहेकाले अर्को समिति बनाउन नहुने अडान सत्तारुढले राखेको हो।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लालबन्दीमा प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल र इश्वरपुरमा प्रहरीको गोलीबाटै मारिएका सरोजनारायण महतो प्रकरणमा संसदीय समिति नबनाएसम्म संसद चल्न नदिने पुरानै अडान राखेको छ।

अर्को प्रतिपक्षी दल राजपाले कांग्रेससँग कार्यगत एकता गर्दै मधेस आन्दोलनमा भएको २०७२ साउनदेखि तराई, मधेस र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। यीसँगै दुई दलले पछिल्लो समय कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मल पन्तको २०७५ साउन १० बलात्कारपछि भएको हत्याको छानिबनको पनि माग गरेका छन्।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार