फेवातालमा तैरिएको अवस्थामा शब फेला

काठमाडौं, १७ साउन पोखराको फेवातालमा आज बिहान शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटीएका प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएका हुन् । पोखरा–१३ संगमटोल निवासी ३२ वर्षीय अमित गुरुङको शव रहेको प्रहरीले पुष्टि गरेको छ ।

शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदाम ले जनाएको छ । ‘शव दुई दिन जत्तिको हुनसक्छ । ‘भित्री बस्त्र मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं’ प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

स्थानीयले हिजोसम्म किनारमा कपडा देखेका पनि भनेका छन् । शरीरमा अन्य चोटपटक नभएको हुनाले पौडी खेल्न जाँदा नै डुबेको जस्तो छ । पोष्टमार्टम गरेपछि नै के भएको हो भन्ने थाहा हुन्छ ।’ प्रहरी निरीक्षक विजय भण्डारीले  अनलाइनलाइ  जानकारी दीए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार