आज श्रावण शुक्ल पञ्चमी नागका मन्दिर र घरघरमा नागको पूजा

काठमाडौँ, २० श्रावण — प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी सोमबार आज  परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । आज बिहानैदेखि  नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।

भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले पोखरा र आसपासका क्षेत्रमा नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार