भारतकी पहिलो महिला विदेशमन्त्री सुश्मा स्वराजको निधन

दिल्ली एजेन्सी, २२ साउन – भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । एक्कासि विरामी भएर केहीबेर अघि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएकी उनको निधन भएको हो । हृदयाघातका कारण एम्स, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार निधन भएको भारतीय सञ्च छ।

६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।

उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्। अम्बाला छावनीमा जन्मेकी स्वराजले एसडी कलेजबाट स्नातक र पन्जाब विश्वविद्यालय, चंडीगढबाट ‍कानूनको डिग्री लिएकी थिइन्। पढाइ सकेपछि उनी जयप्रकाश नारायणको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएकी थिइन्। पछि उनी राजनीतिमा जोडिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार