नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दर्जन बैंकर्स प्रतिस्पर्धामा

काठमाडौं, २२ साउन – नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा एक दर्जन बैंकर्स प्रतिस्पर्धामा रहने भएका छन् । बिभिन्न बैंक तथा बित्तिय  संस्थामा कायर्रत हाई प्रोफाईल कर्मचारीहरु प्रतिस्पर्धामा रहने भएका छन् ।

नेपाल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) नियुक्ती प्रक्रिया अगाडि बढाएको छ । राष्ट्र बैंकले कुनै पनि बैंकमा तीन महिना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतको पद खाली राख्नु हुन्न भनेपनि सरकार मुख्य लगानीकर्ता भएको नेपाल बैंकमा विगत पाँच महिनादेखि सीईओ पद खाली छ ।

बैंक स्रोतका अनुसार अहिलेसम्म कसैले पनि आवेदन दर्ता गरेका छैनन् तर करिव एक दर्जन व्यक्तिले बैंकको बारेमा सोधखोज गरेकोले उनीहरुले आवेदन गर्न सक्ने अनुमान गरिएको छ ।

त्यसमा कृषि विकास बैंकका  डा सुराेज ट‍ण्डन, पूर्ण आचार्य, शेषमणि आचार्य र शंकर रायमाझिको नाम आएको छ । एसविआई बैंकका छविराज पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका कमल गौतम, कुमारी बैंकका राजीव गिरी र उमेशसिंह भण्डारी, सिटिजन्स बैंकका बोदराज देवकोटा, जनता बैंकका पूर्व डेपुटी सीईओ सागरकुमार घिमिरे,  त्यस्तै नेपाल बैंकका कामु सीईओ कृष्णबहादुर अधिकारी र पूर्व महाप्रबन्धक दुर्गाप्रसाद रेग्मीको आवेदन पर्ने सक्ने अनुमान गरिको छ ।

योग्यतामा के हुनुपर्छ र सुविधामा के के छ त ?

मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।

आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सा को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने छ । र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार