प्रधानमन्त्रीलाई ज्वरो आएपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, ३१ साउन – बिहीबार प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि नेकपा सचिवालय बैठक स्थगित गरिएको थियो। बैठक स्थगनको जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम गर्नको लागि बैठक शुक्रबारसम्मको लागि स्थगित गरिएको बताए ।

बैठकमा विष्णु पौडेलको प्रतिवेदनमाथि सामान्य छलफल गरिएता पनि बैठक औपचारिक एजेन्डामा प्रवेश नै आज शुक्रबारसम्मका लागि स्थगीत गरिएको थियो ।नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ।

स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढ्दै गइरेहको छ।नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीको भागमा परेको छ। दुवै पक्षको दाबीका कारण विवादमा रहेको स्कुल विभागको नेतृत्वबारे नेकपाको नेतृत्वले अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार