सवारी दुर्घटनामा हरेक दिन कम्तीमा पाँच जनाको मृत्यु, भयावह स्थिति

काठमाडौं, ३१ श्रावण – नेपालमा सवारी दुर्घटनामा हरेक दिन कम्तीमा पनि पाँच जनाको ज्यान जाने गरेको छ । सवारी दुर्घटनामा प्रत्येक दिन कम्तीमा पनि दुई दर्जन व्यक्ति घाइते भएर अंगभंग भइरहेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाएको हो । सवारी दुर्घटनाका घटना पछिल्लो समय झनै बढ्दै गएको समेत तथ्यांकले देखाएको छ ।

२०७४ सालमा सवारी दुर्घटनामा १ हजार ८३६ जनाले ज्यान गुमाएका थिए । २०७५ सालमा दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर २ हजार १६६ पुगेको छ ।

यस्तै, २०७६ को २६ साउनसम्म नै ६८३ ले ज्यान गुमाएका छन् । २०७४ सालमा सवारी दुर्घटनामा ६ हजार ५४९ घाइते भएका थिए । २०७५ मा ७ हजार ८६७ जना घाइते भएका थिए भने यस वर्षको २६ साउनसम्म २ हजार ७३१ जना सवारी दुर्घटनामा घाइते भएका छन् ।सवारी विज्ञहरूले चालकको लापर्बाही, पुराना र थोत्रा सवारीसाधनको प्रयोग र सडकको दयनीय अवस्थाका कारण सवारी दुर्घटनाका घटना वृद्धि भएको जनाएका छन् ।

यसरी एउटा चालकको सानो लापर्बाहीले धेरै जनाको ज्यान जाने स्थिति आउनु देशका लागि दुर्भाग्य हो । यसमा झ्वाट्ट हेर्दा चालकको लापर्बाही कारक देखिएपछि दशकौं अगाडि सडक निर्माण गर्दाको सरकारी पक्षको अदूरदर्शिता, राजनीतिक दाउपेच, न्यूनतम अंकमा ठेक्का लगाउने कानुनी व्यवस्था, ठेक्कापट्टामा गुन्डागर्दी र असुली अनि काममा व्यापक अनियमितता, गुणस्तरहीन विकास निर्माणको काम, भ्रष्टाचार र सीमित जिम्मेवार अधिकारी र ठेकेदारको स्वार्थपूर्ण मिलेमतो प्रमुख दीर्घकालीन कारण हुन् ।

यी र यस्तै कारण औंल्याएर सम्बन्धित पक्षले वैकल्पिक मार्गहरूको अवधारणा कार्यान्वयन नगर्नु, सवारीधनी र सवारी चालकको लापर्बाहीपूर्ण व्यवहारका कारण आज अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ । यसरी सार्वजनिक यातायातको प्रयोगबाट बर्सेनि हुने दुर्घटनामा मर्नेको संख्या बढ्दो छ । के उनीहरूलाई बाँच्ने अधिकार थिएन र रु राज्यले यसको जिम्मेवारी लिनुपर्दैन रु भएका नीति नियम लागू गर्नु राज्यको दायित्व होइन रु राजमार्गमा सुरक्षार्थ खटिएका प्रहरी चेकपोस्टको जिम्मेवारी के हो रु सरकारले अब छुट्टै सडक प्रहरीको व्यवस्था गरेर सडक प्रयोगकर्तालाई सचेत पार्ने, कानुनी दायरामा ल्याउने र सडकको गुणस्तर जाँच गर्ने नियमित कार्य गर्नु जरुरी छ ।

उपत्यकामै दुर्घटनाको डरलाग्दो स्वरूप

काठमाडौं उपत्यकामा नै सवारी दुर्घटनाको डरलाग्दो स्थिति छ । उपत्यकामा सहरी दुर्घटना, मृत्यु र घाइते हुनेहरूको संख्या दिनानुदिन थपिँदै गएको छ ।गत आर्थिक वर्षको साउनमा उपत्यकामा ७९७ दुर्घटना भएको थियो । ती दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा १८ जना गम्भीर र ४८९ सामान्य घाइते भएका थिए । आर्थिक वर्षको अन्तिम महिना असारमा ७५९ दुर्घटना भएकोमा २६ जनाको ज्यान गएको थियो भने २८ गम्भीर र ५२९ सामान्य घाइते भएका थिए ।

आव २०७५÷७६ मा अघिल्लो आर्थिक वर्षभन्दा अझै वृद्धि भएर सवारी दुर्घटना ८ हजार ९१८ वटा पुगेको थियो भने २५४ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा ३१७ गम्भीर र ५ हजार ९१५ जना सामान्य घाइते भएका थिए । आव २०७४/७५ मा पनि अघिल्लो आर्थिक वर्षभन्दा वृद्धि भएर ६ हजार ३८१ पुगेको थियो भने मृत्यु हुनेको संख्या १९४ रहेको थियो । दुर्घटनामा २१९ गम्भीर र ४ हजार ३३३ सामान्य घाइते भएका थिए ।

आव २०७३÷७४ मा ५ हजार ५३० सवारी दुर्घटना भएका थिए भने १८२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा २ सय १ जना गम्भीर घाइते र ३ हजार ९१४ जना सामान्य घाइते भएका थिए ।

आव २०७१÷७२ मा ४ हजार ९९९ वटा दुर्घटना भएको थियो भने त्यसमा १३३ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी २३३ जना गम्भीर घाइते भएका थिए भने ३ हजार ६४३ जना सामान्य घाइते भएका थिए । २०७२÷७३ मा ५ हजार ५६८ वटा सडक दुर्घटना भएका थिए भने १६६ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा २७५ जना गम्भीर घाइते भएका थिए भने ३ हजार ९०१ जना सामान्य घाइते भएका थिए ।

आव २०७०÷७१ मा उपत्यकामा मात्र ५ हजार ६७२ सडक दुर्घटना भएका छन् भने १४३ जनाले ज्यान गुमाएका छन् । सो अवधिमा २२९ जना गम्भीर घाइते भए भने ३ हजार ४८१ जना सामान्य घाइते भएका थिए । सवारीसाधनको संख्या थपिँदै जानु, चालकको लापर्बाही र सडकको अवस्थाका कारण पनि दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । राजधानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार