नेकपाकाे स्कुल विभागमा ईश्वर पोखरेल, टुंगियाे कार्यविभाजन, अरुले के–के पाए ?

काठमाडौँ, ३१ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले लामो रस्काकस्सीपछि विभागहरुको टुंगो लगाएको छ । बहुप्रतिक्षित स्कुल विभाग प्रमुखको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेलले पाएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको हो । यसअघि स्कुल विभागमा अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु वेदुराम भुसाल, घनश्याम भुसाल लगायतले दाबी गरेका थिए ।

आजको सचिवालय बैठकले प्रचार विभाग प्रमुखमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई जिम्मेवारी दिएको हो । यस्तै,  अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ । बैठकले  प्रदेश १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवानलाई जिम्मवारी दिइएको छ भने  प्रदेश ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

त्यस्तै  प्रदेश ४ मा किरङ् गुरुङ् र यशोधा सुवेदी गुरुङ्, प्रदेश ५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली  प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा भानुभक्त जैसी र प्रकाश भट्टलाई जिम्मेवारी दिएको छ ।

प्रवक्ता  श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार