https://www.saurabhgroup.com/

म रविको समर्थक होइन, स्थानिय युवादेखि वृद्ध समेत रवि लामिछानेको समर्थनमा !

काठमाडौं, ३ भाद्र — रवि लामिछाने कुनै दलका नेता होइनन् । उनलाई विपद पर्दा ‘हाइ हाइ रवि दाई’ भन्दै नारा जुलुस लगाउनुपर्ने खास कारण देखिँदैन । जब प्रहरीको गाडी चढेर रवि लामिछाने चितवन पुगेको खबर फैलियो । स्थानिय युवादेखि वृद्ध समेत रवि लामिछानेको समर्थमा यसरी आए । प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज गर्नुपर्यो ।’

एउटा सामान्य टेलिभिजनमा ‘सिधा कुरा जनतासंग’ कार्यक्रम प्रस्तोताका पक्षमा यो भीड किन जम्मा भयो रु राज्यको राज्य सञ्चालक गम्भिर हुनुपर्छ । रविको समर्थनमा जम्मा भएको भीड ठट्टा होइन । रवि एक्लो टेलिभिजन कार्यक्रम प्रस्तोता होइनन् । उनी भन्दा धेरै दिग्गजहरु छन्, जसले पटक पटक आफ्नो मिडिया मार्फत देश नबनेकोमा चिन्ता मात्रै गरेका छैनन् । कतिपय विज्ञहरु बोलाएर देश बनाउने उपाय समेत सुझाएका छन् । मलाई लाग्दैन यस्तै भीड ति विद्वानहरुलाई आपत पर्दा पनि लाग्छ भन्नेमा ।

मैले स्थानिय सरकारको प्रसंग यसकारण उल्लेख गरेँ । स्थानिय तहको निर्वाचनका क्रममा सबै उम्मेदवारले गाउँमै सिंहदरबारलाई प्रमुख नारा बनाए । प्रनिनिधिसभा निर्वाचनमा हरेक पार्टीका घोषणा पत्र यति सुन्दर कुराले भरियो । विद्यार्थीलाई राम्रो स्कुल, किसानलाई आधुनिक बिउ बिजन, व्यापारीलाई व्यापारमा सहुलियत, बेरोजगारलाई भत्ता । वार्षिक यति हजारलाई स्वदेशमै रोजगार ।

निर्वाचनपछि तत्कालीन वाम गठबन्धनले स्पष्ट बहुमत ल्यायो । दुईतिहाईको सरकार बन्यो । अस्थिर सरकारको लवस्तरो कार्यशैली झेल्दै आएका आम नागरिकले अपेक्षा गरे दुई तिहाइको सरकार बनेपछि मुलुकमा गज्जबको काम हुन्छ । तर, अहिलेसम्म कुनै पनि क्षेत्रमा गज्जबको काम भएको भेउ पाउन सकेनन् सर्वसाधारणले । स्वयं मन्त्रीहरु समेत भन्न थालेका छन् ‘हामीले सोचे अनुरुप सरकारले काम गर्न सकेको छैन ।’ यद्यपि म रवि लामिछानेको फ्यान होइन । उनका सबै कार्यक्रम हेरेको छैन र कार्यक्रम सञ्चालनका क्रममा कतिपय सन्दर्भमा उनी आफैं न्यायधीश हुन खाजेको प्रसंग मलाई मन पर्दैन ।

किन उर्लियो रविको पक्षमा जनसागर

अहिले रविको पक्षमा जसरी जनमत बढेको छ । यो केबल उनीप्रतिको दया मायाले होइन् । रविले भन्दा धेरै विपद भोग्नेहरु धेरै छन् ति कसैका पक्षमा पनि यस किसिमको जनमत उर्लेको थिएन । रविप्रति सर्वसाधारण यति धेरै भक्त हुनुको एउटै कारण हो । उनले मिडिया मार्फत भुईंमान्छेको कथा भने ।
पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसंग सञ्चालन गरे । ओली प्रधानमन्त्रीबाट बहिरगमन भए लगत्तै रवि पनि उक्त कार्र्यक्रमबाट बाहिरिए त्यसपछि न्युज २४ टेलिभिजन मार्फत सिधा कुरा जनतासंग चलाए ।

कार्यक्रम प्रशारण भएको केही सातामै उनको कार्यक्रम सर्वाधिक चर्चित कार्यक्रमको रुपमा स्थापित हुन पुग्यो । कारण उनले आफ्नो कार्यक्रममा वास्तवमै आवाज बिहिनहरुको आवाज प्रस्तुत गरे । दलालको फन्दमा परेर विदेश पुगी अलपत्र परेकाहरुका लागि उनी ‘भगवान’ कै शैलीमा प्रस्तुत् भए । यस्ता धेरै पात्र थिए, जो मिडियाको पहुँचमा थिएनन् । आफुलाई परेको समस्याबारे लुकी लुकी रवि र उनको टिमलाई जानकारी गराउँथे भने रवि उनीहरुको समस्याको भित्री तहमा पुग्दै समाधानका उपाय समेत सुल्झाइदिन्थे । यो समाजमा त्यस्ता धेरै पात्र छन् जसले रविकै कारण आश मारेको न्याय पाए ।

हामी अहिले लोकतान्त्रिक नागरिक । परिभाषाको कुरा गर्ने हो भने कुनै पनि नागरिक अन्यायमा पर्नुहुन्न र परिहाल्यो भने पनि सम्मानको साथ न्याय पाउँछ । रविको क्रेज किन यति धेरै बढ्यो भन्नुभन्दा पहिला हाम्रो राज्य संयन्त्रको कार्यप्रणाली कस्तो छ भनेर पो हेर्ने हो कि । यदि हाम्रो राज्य संयन्त्र अझ भनौँ प्रशासनिक निकायले नागरिकका गुनासालाई तत्कालै सुनेर सम्बोधन गरेको भए यो स्थिती आउने थिएन कि ?

अन्तमा शालीकराम पुडाशैनी आत्महत्या प्रकरणमा रवि लामिछानेमाथी अनुसन्धान हुनुलाई अन्यथा लिनुहुन्न । कुनै पनि घटनामा कसैको नाम मुछिएपछि उ माथी राज्यको सम्बन्धित निकायले अनुसन्धान गर्न पाउनुपर्छ । पुडाशैनीको मोबाइलमा भेटिएको भिडियोको पनि वैज्ञानिक ल्याब टेष्ट हुनुपर्छ । – राजधानी दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार