प्रम केपी शर्मा ओली आज स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाँदै

काठमाडाैं, ५ भदाै – प्रधानमन्त्री एवम् सत्तारूढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली आज (बिहीबार) स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जाँदै छन् । गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्केका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका थिए । बैठकमा उपस्थित राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रलयाले बुधबार आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै पनि आफू सिंगापुर जान लागेको जानकारी गराएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ भनेर बताएका थिए ।

०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उक्त मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर जान लागेका हुन् ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार