नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकर्सहरुकाे दौड शुरु !

काठमाडौं, ६ भाद्र  – नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १४ जना बैंकर्सहरु दौडमा रहेका छन् । नेपालको बैंकिंग क्षेत्रका अनुभवप्राप्त उच्च प्रोफाईलका कर्मचारीहरु प्रतिष्पर्धामा देखिन आएका छन् । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भर्ना प्रक्रिया अगाडि बढाएपछि बैंकिंग क्षेत्रका संभावित व्यक्तिहरुले बैंकको मुख्य कार्यालयमा आई आफनो व्यवसायीक योजना बुझाएका छन् ।

प्राप्त स्रोतका अनुसार बैंकिंग क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्ति, नीजि तथा सरकारी क्षेत्रमा कार्यरत उच्च पदका व्यक्तिहरुले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएका छन् ।

प्राप्त जानकारी अनुसार नेपाल बैंकमा हाल दशौ तहमा कार्यरत सुन्दर पन्थीको संभावना बढेको बुझिन्छ । उनी अनेरास्ववियु शंकरदेव क्याम्पसका पूर्व अध्यक्ष र पूर्व सभासद् तथा नेकपाका इमान्दार नेता नेत्र पन्थीका भतिज पनि हुन् ।

त्यसैगरी उक्त पदको लागि कृषि विकास बैंकका पूर्ण प्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझिको संभावना बढिरहेको देखिएको देखिन्छ ।

योग्यतामा के हुनुपर्छ र सुविधामा के के छ त ?
मौद्रिक, अर्थशास्त्र, बाणिज्य शास्त्र, तथ्याङ्क शास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् । बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव भएको हुनु पर्नेछ ।

आवेदकले ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएका दुई व्यवसायिक योजना र सा को सफ्ट कपी समेत सिलबन्दी गरी पेश गर्नु पर्नेछ । उम्मेदवारको शैक्षिक योग्यता अनुभव, पेश भएको व्यवसायिक योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्ने उम्मेदवारहरुमध्ये संभव भएसम्म ५ जना उम्मेदवार छनौट गरी व्यवसायिक योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनोट गरिने छ । र उच्चत अंक प्राप्त गर्ने संभव भएसम्म ३ जनालाई सिफारिस गरिने छ ।

उम्मेदवारको मुल्याड्ढन सम्बन्धी अंक भार  उम्मेदवारको मुल्याड्न सम्बन्धी अंक भार तपसिल बमोजिम कायम हूनेछ ।

१. शैक्षिक योग्यता वापत                           ३ अंक
२. अनूभव वापत                                       १२ अंक
३. व्यवसायिक योजना वापत                    ४० अंक
४. व्यवसायिक योजनाको प्रस्तूतीकरण    १५ अंक
५. अन्तर्वार्ता वापत                                  ३० अंक
जम्मा    १०० अंक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार