https://www.saurabhgroup.com/

धर्म परिर्वतन गराउन अभियन्ता खटिए ,रोग निको हुने भन्दै …

काठमाडौं, ७ भादाै — पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म  परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् ।

धर्म परिवर्तन संविधानविपरीत छः नेता थापा

नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले धर्म परिवर्तन गर्नु संविधानविपरीतको कार्य भएको बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको दुम्किवासमा नेपाल विद्यार्थी सङ्घले आज आयोजना गरेको एसईइ उत्तीर्ण विद्यार्थिको सम्मान कार्यक्रममा उहाँले कुनै पनि प्रकारबाट गरिने धर्म परिवर्तन मान्य नहुने बताउनुभयो ।

“धर्म परिवर्तन गराउनु अपराध हो, यो रोकिनुपर्छ”, उहाँले भन्नुभयो । धर्म कुन मान्ने नागरिकको आफ्नो व्यक्तिगत अधिकार भए पनि कसैलाई जबरर्जस्ती धर्म परिवर्तन गराउन नहुने नेता थापाको भनाइ थियो ।

विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् ।

केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् । — नागरिक दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार