रवि लामिछानेस‌ग ५ लाख धरौटी लिएर छाड्न अदालतको आदेश, रवि समर्थकहरु खुसियाली मनाउदै

काठमाडौँ, ९ भदाै – पत्रकार शालिकराम पुडासैनी आत्म हत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सञ्चारकर्मी रवि लामिछाने सहित तिनै जनालाई धरौटी लिएर छाड्न अदालतले आदेश दिएको छ ।  जिल्ला अदालत चितवनले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

टेलिभिजन प्रस्तोता रवि लामिछाने धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटी राखेर तारेखमा रिहा गर्न आदेश दिएपछि लामिछाने सोमबार छुटेका हुन् ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरे भने, प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । युवराज कँडेलले ३ लाख धरौटी राखेका छन् भने अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन् ।

सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुनछेक बहस भएको थियो । वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय गर्नेछ ।

 प्रशासनले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरिपरि निषेधाज्ञ गरेको थियो ।   आइतबार भएको प्रदर्शनमा रवि लामिछोन समर्थक र प्रहरीबीच झडप समेत भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरुद्ध आइतबार दिउँसो मुद्दा दर्ता गराएको थियो ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए। भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका थिए ।

 रविसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको कारण मर्न बाध्य भएको भनिएकाले उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार