एनआरएनका अध्यक्ष भवन भट्टलाई अर्को झड्का

काठमाडौं, १० भदौ – गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्टलाई अर्को झड्का लागेको छ । शिल्क एयरको विमानका कर्मचारीलाई मातेर दुव्र्यवहार गर्ने उनलाई एनआरएनहरुले पदबाट हटाउन माग गर्ने भएका छन् भने सम्बन्धित विमान कम्पनीले टिकटको रकम फिर्ता नदिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जान लागेका भट्ट र उनका सल्लाहकार सनत न्यौपानेको जडिया हर्कतले एनआरएनको बेइज्जत भएको थियो ।

शिल्कको उडान नं. ४१३ मार्फत सिंगापुर जाँदै थिए । सोही क्रममा चढ्नासाथ त्यहाँका कर्मचारी, एयर होस्टेजसम्मलाई भट्ट र न्यौपानेले दुव्र्यवहार गरेपछि विमान कम्पनीले झारेको थियो ।

यसरी हामी सबैको बेइज्जत गर्ने अध्यक्षको राजीनामा माग्नुपर्छ, एनआरएन मर्यादित हुनुपर्छ भन्ने विषयलाई उनले भुलेछन्, एक जना पदाधिकारी भन्छन्, विश्वभरी हाम्रो नाममा धब्बा लगाउने काम भयो । यता, जहाजभित्र चालक दल सदस्यलाई दुव्र्यवहार गरेको आरोपमा निकालिएका थिए ।

उनीहरुले टिकट रकम फिर्ताका लागि शिल्क एयरको काठमाडौंस्थित कार्यालयमा निवेदन पनि कार्यान्वयनमा नआउने भएको छ । विमान कम्पनीको कुनै गल्ती नभएका कारण उनीहरुको टिकट रकम फिर्ता गर्न नमिल्ने जनाइएको छ ।

त्यति मात्र होइन, भट्टलाई त्यो विमान कम्पनीले संधैका लागि प्रतिबन्धको तयारी समेत गरेको छ । दुवैले सिल्कको बिजनेस श्रेणीको टिकटमा लिएका थिए । इकानोमीभन्दा यो झन्डै दोब्बर महँगो टिकट हो ।

नेपालको कर्पोरेट कार्यालयले के गर्ने भन्ने सन्दर्भमा सिंगापुरको कार्यालयमा सबै विवरणसहितका पत्राचार गरिसकेको छ । सिंगापुरको नियमअनुसार यस्तो हकर्त गर्नेलाई कुनै प्रकारको सुविधा दिइने प्रावधान छैन । – जनप्रहार साप्ताहिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार