फेरि बढ्याे सुनचाँदीकाे मुल्य

काठमाडौं, १२ भदाै – बुधबार स्थिर रहेकाे सुनकाे मुल्य आज बढेको छ । बिहीबार बजारमा सुन ८ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भएकाे जानकारी दिए ।

त्यसैगरी आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य नेपाली बजारमा अहिलेसम्मकाे सबै भन्दा उच्च  रहेर नयाँ रेकर्ड राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार